सदन भित्र कसले खान्छ गुट्का ?

काठमाडौं, जेठ १६
प्रदेशसभा बैठक चलिरहेको बेला सभाहलकै भुँईमा गुट्काको प्याकेट देखापरेको छ ।
बुधबार, प्रदेश १ को बैठक चलिरहेको बेला सदन भित्रकै कारपेटमा गुट्का देखापरेको हो । सदन व्यवस्थापनले उक्त बैठक युटुवमार्फत लाईभ प्रसारण समेत गरेको थियो ।

गुट्का कसले ल्यायो र कसरी त्यहाँ आईपुग्यो भिडियोमा देखिएको छैन् । तर कसैको गोजीबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । भिडियोमा उक्त गुट्खाको प्याकेट सांसद ज्ञानेश्वर राजवंशी कुर्सी छेउमा देखिएको थियो ।
चलिरहेकै बठैकभित्रै त्यसरी लवारीस अवस्थामा गुट्खा फेला परेपछि, अहिले सदनभित्र पालना गर्नुपर्ने मर्यादाबारे गम्भीर प्रश्न उठेको छ ।

No comments:

Post a Comment