काठमाडौं, जेठ १५
फर्केर हेर्दा ती दिनहरु……..
मेलामा जादा होस वा बस्तु गोठाला । स्कुल जादा अनि घर फर्किदा, बाटैभरी
आफूभन्दा ठुलाहरुले काधमा रेडियो बोकेर घन्काउदै समाचार सुनेर हिडेका
देखिन्थ्ये । जताततै चर्चा चल्दैथ्यो देशमा गणतन्त्र स्थापनाको ।
यता आफुलाई जिन्दगिको सबैभन्दा ठुलो आईरन गेट पार गर्नुपर्ने चटारो त छ्दै
थ्यो । सिनिएरहरुले सुरुदेखि नै बालमष्तिस्कमा डर लाग्दो छाप टासिंदिएका
थिए एसएलसी परिक्षालाई आईरन गेटको उपनाम दिएर ।
बा आमा राजनीति पृष्ठभुमिकै भएपनी आफुलाई सानोदेखि नै खासै त्यता तिर ध्यान
गएन । हुन त त्यहाँको शैक्षिक प्रणाली पनि त्यस्तै भएर होला ,कोर्सका
भन्दा बाहिरका ज्ञान गुनका कुराहरु नै सिक्ने मौका मिल्दैन थ्यो ।
आफू घरमा छोराछोरी मध्यको बिचको बच्चा परेर होला ,बा आमासँग विभिन्न
राजनीतिक सभा समारोहमा अगिपछि लागेर हिड्ने मौका नै मिलेन । भाइ
नहुर्किउन्जेल म भन्दा ठूलो दाजुलाई साथ लिएर आमा समारोहमा जानू हुन्थ्यो ।
पछि दाजु पढाईको लागि बाहिर गएपछि सानो भाईको पालो आयो आमाको साथमा हिड्ने
। कार्यक्रमबाट साँझ घर फर्किएपछि बा आमा र घर मा बस्ने मास्टर देश र
राजनीतिका बारेमा प्रायः जसो वार्तालाप गरिरहनु हुन्थ्यो । आफू त किताबी
किरो मात्र भएकोले बाह्य कुराहरु मरे नबुझ्ने १ ९ कक्षा पढ्दासम्म आमा बुवा
कुन पार्टीको हुनुन्छ ,कस्को बिचार र सिद्धान्तलाई सपोर्ट गर्नुहुन्छ
भन्ने ज्ञान समेत थिएन ।
जनयुद्ध ताका मावबादी पार्टीका कर्याकर्ताहरुले सर्वसाधरण जनताहरुलाई
गाउँघरमा साह्रै दुख दिने गर्द्थे । स्कुल जाँदा आउँदा बाटोमा हिड्दा पनि
कतै लगेर टुक्रा टुक्रा पार्दिने पो हुन् कि भन्ने डर मै केही बर्षहरु
गुज्रीए । मावबादीबाट मात्र हैन यता आर्मिहरुको कारण पनि सर्बसाधारणको
जनजिवन साह्रै कस्टकर बन्यो त्यो बेला । दुबैपक्षबाट राजतन्त्र ढाल्ने र
बचाउने बिच घमासान युद्ध चलिरहेथ्यो ।
स्कुलबाट साँझ घर पुग्दा सधैं डेढ २ सय मावोबादिका कार्यकर्ताहरुले गुढ
लगाईरहेका हुन्थ्यो । घरमा फोहोर पारेर आमालाई हैरान पारेको देख्दा
तिनिहरुले भिरेको बन्दुक खोसेर आफैले ठोक्दिउ जस्तो मूड पनि चल्थ्यो ।
कहिले त आर्मीसङ्ग युद्ध गर्दा घाईते भएका ,ज्यान गैइसकेका र केही जिउँदो
लास पनि घरमा बोकेर ल्याईएका हुन्थ्ये । उनिहरुको गन्तब्य थाहा छैन कहाँ हो
कहाँ, तर पनि ती मरेका लास र जिउँदा लासलाई बोकेर गाँउका बाहरु र
छोराहरुले डाडा कटाई दिन पर्थ्यो ।
गाउँमा अलि हुर्किएका छोराछोरी देख्यो कि आमा बाबुकै अगाडि बन्दुक भिराएर
घरबाट निर्दोष केटाकेटीलाई उनिहरु सङ्गै लिएर हिड्दथे । हातमा कापी र कलम
लिएर हिड्नु पर्ने बेलामा काधमा आफूभन्दा ठुला बन्दुकका भारी बोकेर हिड्दा
ती कलिला कोपिलाहरुको भविस्य अन्धेरो बन्दै गए । विभिन्न स्कुलहरुमा गएर
कैले पढाई भैरहेको कक्षामा आएर शिक्षक र बिद्यार्थिकै ध्यान भङ्ग
गराईदिन्थे त कहिले यो शिक्षा नै खारिज गर्नु पर्छ , कसैलाई पढ्न दिनु
हुन्न यो बुर्जुवा शिक्षाले धनी गरिब र जात जाती छुट्याउछ ,पढेकाले देशमा
राजाले गरेको जस्तै शासन चलाउछन् र समानताको हक लुटिन्छ भन्ने जस्ता
बकम्फुसे कुरा छाट्थ्ये । त्यहीँ कुराको लहैलहैमा लाग्नेहरु त ६ र ७ कक्षा
पढ्दा पढ्दै बन्दुक बोकेर स्कुलबाट नै पनि हिड्थ्ये । छरछिमेकका धेरै आमा
बाबुको काख पनि नरित्तिएको होईन त्यो बेला । तर जतिका आमा बाबुका काख
रित्तिए तिनिहरु आजसम्म न्यायको खोजिमा छट्पटाईरहेका छन् । बाकिहरु भने
देशमा गणतन्त्र आएपछी हाम्रो पनि पालो आउला भनेर कुर्दा कुर्दै जस्ताको
त्यस्तै भएर अहिले पुर्पुरोमा हात राखेर बसिरहेका छन । धेरै जसो भने खाडिको
तातो हावा खाइरहेका पनि छन् । राज्य व्यवस्था फितलो भएपछी आफुले अन्जानमा
रोजेको बाटोले कतिपयलाई भित्र भित्रै कति पोल्दो हो अहिले । पहुच भएका र
कमाण्डरको रुपमा लिड गर्नेहरु जति त ठाँउमा पुगिहाले तर तिनिहरुलाई ठाउमा
पुर्यौने हजारौंको जीवन लगभग डामाडोल नै जस्तै बन्यो ।
६२।६३ को जनआन्दोलन पछि अब तत्कालीन सरकार र माओबादिहरु बिच राजधानिमा
भेट्वार्ता भयो र दुबैपक्ष्यको विस्तृत शान्ती सम्झौता पनि भयो । संवैधानिक
गणतन्त्रको लागि सम्बिधान सभाको चुनाव हुनुपर्ने कुराहरुमा दुबै पक्ष सर्ब
सम्मत भयो । त्यसपछि संविधानसभाको पहिलो चुनावमा देशभरिका अधिकान्श
भुभागमा माओवादिले आफ्नो जित हात पार्यो । लगत्तै २०६५ जेष्ठ १५ गते देशमा
आधिकारिक रुपमा गणतन्त्रको स्थापना पनि भयो ।
देशमा राजतन्त्र फ्याँकियो । राजाले नारायणहिटि छोडे । संविधानसभाको
चुनावबाट विभिन्न पार्टिहरुबाट ६ सय १ सभासदहरुको चयन भयो । एउटा राजाबाट
सिधै ६ सय १ को झुण्ड बेरिएपछि एकाएक अब देशको रङ्ग नै बद्लियो । गणतन्त्र
नेपालका पहिला प्रधानमन्त्री माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड बने
। राष्ट्रपतिका रुपमा काङ्ग्रेसका डा। रामबरण यादब चुनिए । अब भने देश
विल्कुल नयाँ धारमा अगि बढ्ने देखियो । राज्यका जनताहरुको समान हक अधिकार
सहित देशले द्रुत गतिमा बिकाश पाउने आश्वासन आउन थाले नेताज्युहरुबाट । तर
जति दिन बित्दै गयो देशले खासै नयाँ परिवर्तन पाउन भने सकेन । राजनितीमा
बढो अस्थिरता छाईरहेपछी प्रधानमन्त्री र मन्त्रीहरु बार बार फेरिरहे ।
संविधान सभाको दोस्रो चुनावपछि बल्ल नयाँ संविधानको खाका तयार भयो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नयाँ संविधानको लन्च
गरियो ।
आज देशमा बहुमतको सरकार छ । तत्कालीन माओबादी र एमाले दुबै कम्युनिष्ट
पार्टिहरु एक भएर नेकपा भएका छन् । संसदमा २ सय ५७ जना सासंद छन् । तर त्यो
बेला जुन उदेश्यले राजतन्त्र ढालेर देशलाई गणतन्त्रको बिल्ला भिराईयो त्यो
बेलादेखि देशमा राजनीतिक अस्थिरता झनै बढ्दै गैरहेको छ । आज गणतन्त्र
स्थापना भएको १२ बर्ष बितिसक्दा पनि सरकार उदेश्य बिहिन भएर हिडिरहेको छ ।
कुर्सी र सत्ताकै मोहले देश महाभ्रष्ट भैरहेछ ।
छिमेकी राष्ट्रहरुले चारैतिरबाट थिचिरहेका छन् । हत्या ,हिन्सा र विभिन्न
आपराधिक घट्नाहरुले जनतामाँझ आतंक फैलिरहेका छन् । आजसम्म कुनै
दृष्टिकोणबाट पनि नेपाली जनताहरुले आनन्दको सास फेर्न सकेका छैनन् ।
जनताका स्वतन्त्रता र समान्ताका हकहितका लागि सामन्तबादको अन्त्यका लागि
धेरै तन्त्रहरु फेरिए देशमा । राजतन्त्र ,प्रजातन्त्र, गणतन्त्र जे जे
फेरिए पनि नीति कहिले फेरिएन,बिचार कहिले फेरिएन ।
आजसम्म बार्र्षििकको दिनमा मात्रै गणतन्त्र सिमित भएको छ । अरु बेलाका कुनै शासन भन्दा फरक छैन ।
आशा छ ,अब फेरि यो मातृभुमिले नयाँ जनयुद्ध सहनु पर्ने छैन ।
No comments:
Post a Comment