तनुजा कार्कीको शव मृत अवस्थामा फेला

विराटनगर, जेठ १६
मोरङको उर्लाबारी घर भएकी २४ बर्षीय तनुजा कार्कीको शव मृत अवस्थामा फेला परेको छ । मृत कार्की पेशाले स्टार्फ नर्स थिइन । उनी मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा कार्यरत्त थिइन् । मंगलबार उनको शव म्याङ्लुङ बजार स्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी स्वास्थ्य चौकीबाट २ दिनका लागी बिदा लिएर म्याङ्लुङ बजार पुगेको बुझिएको छ ।
युवतीको साथमा उक्त होटेलमा नुवाकोट घर भएका ३७ बर्षीय खम्बासिहं तामाङ पनि रहेको खुलेको छ । तामाङ भने बिगत ४ दिन देखि होटेलमा बसेका थिए । उनि ठेकेदारको काममा संलग्न रहेका छन् ।
जेठ १३ गते बिहान होटलमा सँगै खाना खाएर आफु काममा हिडेको तामाङको भनाई छ । अपरान्ह होटल आएपछि तनुजाले ढोक नखोलेको र ढोका फोड्दा सलको पासो लगाएर झुण्डिएको अबस्था पाएको तामाङले बताएका छन् । तर तनुजाको आफन्तले भने उनको हत्या भएको आशंका गरेका छन् ।
हाल प्रहरीले तामाङलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार तामाङको नुवाकोटमा पहिलेबाट २ वटी श्रीमती रहेको खुलेको छ ।

No comments:

Post a Comment